कोका–कोला कम्पनीले मनायो १३६ औं वार्षिकोत्सव
काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिष्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् । आज यो पेय पदार्थ करोडौं मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा युनिक छ, र यसले आफ्ना विश्वभरिका उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाद दिदैं आएको छ ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।
नेपाली उपभोक्ताहरुसंगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ माआफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो। नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ ।
कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सन्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
आफ्नो “ वर्ल्ड विदाउट वेष्ट“ को विश्व–व्यापी उद्धेश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रकृयामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ । साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानी कम गर्ने रणनितिको सफल कार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ। त्यस्तै , आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्य सहित यसले सक्षम थिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।

ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




