अन्तर्राष्ट्रिय

पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्रमा झडपः ५८ पाकिस्तानी र ९ अफगानी सैनिक मारिए

पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप भएको छ । पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने सुनिश्चित गर्न माग गरेको छ । अफगानिस्तानले कसैद्वारा आफ्नो भूमिको कुनैपनि उल्लङ्घनलाई अनुत्तरित नबनाउने बताएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले तहरीक–ए–तालिबान पाकिस्तानको आतंकवादी समूहका आतंककारीहरूले पाकिस्तान–अफगानिस्तान सीमामा पाकिस्तानमा बिना उक्साहट आक्रमण गरेको बताएको छ । पाकिस्तानको सुरक्षा बलले आक्रमणलाई विफल पारेको बताएको छ । झडपमा २३ पाकिस्तानी सैनिक र २०० भन्दा बढी आतंककारी मारिएका छन्। तालिबान शिविर र चौकीहरू, आतंकवादी तालिम केन्द्रहरू र अफगान क्षेत्रबाट सञ्चालन हुने समर्थन नेटवर्कहरू विरुद्ध सटीक गोलीबारी र हमलाहरू साथै भौतिक छापा मारिएको थियो । सीमामा धेरै तालिबान स्थानहरू नष्ट गरिएका छन् ।

सीमाको अफगान पक्षमा रहेका २१ शत्रुतापूर्ण स्थानहरू पनि छोटो समयको लागि भौतिक रूपमा कब्जा गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले देशको सीमा क्षेत्रमा अफगानिस्तानको उत्तेजनापूर्ण गतिविधिको निन्दा गर्नुभएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले पनि एक विज्ञप्तिमा पाकिस्तानको सार्वभौमिकतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानसँगको सीमामा शुरु गरिएको प्रतिशोधात्मक कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएका र अन्य ३० जना घाइते भएका बताउनुभयो ।

कारबाहीका क्रममा कुल ९ अफगानी सैनिक पनि मारिएका बताउनु भयो । साथै र १६ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...