अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ४० हजारमा कारोबार

काठमाडौं। हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको थियो।

गएको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनले आज फेरि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरि चाँदीको मूल्य पनि आज बढेको छ।

चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेर तीन हजार दुईसय २० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...