अर्थ

बढ्यो नेप्से

काठमाडौं। सोमबार नेप्से परिसूचक ४४ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से ४४.२५ अंकले बढेर २५४७ बिन्दुमा पुगेको हो।

धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै नेप्सेमा सुधार देखिएको हो।

धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो।

प्राविधिक विश्लेषणले पनि २५ सयको विन्दुमा नेप्सेले टेवा पाएको देखाएको छ।

यसदिन बजार बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार भने ६ अर्ब ७० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको हो।

हालै राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा हटाएपछि पनि बजार बढ्ने आशामा देखिएको थियो।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...