एन्फाको असन्तुष्ट समूहले माग्यो अध्यक्ष पंकज नेम्बाङको राजीनामा
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का असन्तुष्ट पदाधिकारीले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका छन् ।
काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङ्ग शाही, सदस्यद्वय रविनचन्द ठकुरी र रुपेश अधिकारीले एन्फा नेतृत्व फुटबलको विकासमा भन्दा आर्थिक अपारदर्शिता र विदेश भ्रमणमा लिप्त रहेको आरोप लगाउनुभयो ।
असन्तुष्ट पदाधिकारीले मैदानमा फुटबल नहुँदा खेलाडी पलायन भएको, नेपालमा गरिनुपर्ने खेलहरू विदेशमा खेल्न बाध्य भएको, ‘ए’ डिभिजन लिग समयमा गर्न नसकेको, फुटबलले पाउने प्रायोजन शुन्य अवस्थामा पुगेको, नेतृत्व फुटबल गतिविधि छाडेर एन्फाको चुनावी गतिविधिमा लागेको र प्रतिनिधिलाई प्रभावित बनाउन विदेश लैजान व्यस्त रहेको आरोप पनि लगाएका छन् ।
उनीहरूले फुटबल नहुँदा समर्थकले एन्फा घेर्न थालेको र विस्तारै पदाधिकारीमाथि हातपात हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । आइतबार मात्र फुटबल समर्थकले मैदानमा फुटबल हुनुपर्ने माग राख्दै एन्फा मुख्यालयमा पुगेर नाराबाजी गरेका थिए ।
यस्तो अवस्थामा समस्या समाधान नगरी एन्फा अध्यक्ष नेम्वाङ सोमबार नै साउदी अरेबियाको भ्रमणमा गएको पनि वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो ।
उहाँले यदि फुटबल गर्ने इच्छा छैन भने राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह पनि गर्नुभयो । खड्काले फुटबललाई लयमा ल्याउन एन्फाको अर्ली इलेक्सन हुनुपर्ने माग समेत राख्नुभयो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




