अर्थ

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ। तरअस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९८ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा थियो।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...