सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा कतारमाथि नेपालको सानदार पुनरागमन
काठमाडौँ । आईसीसी टी २० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध जित निकालेको छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ भने लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सम्भावना थप बलियो बनाएको छ। नेपाल र ओमानको अंक तालिकामा समान ६ अंक भए पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको ६ अंक छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो। १४८ रनको लक्ष्य पछ्याएको कतार १९।५ ओभरमा १४२ रनमा अलआउट भयो।
ब्याटिङतर्फ ओपनरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ११ रनमै आउट भए। नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे।
यीबाहेक कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दीप जोरा १, सोमपाल कामी १४ र नटआउट नन्दन यादवले १ रन जोडे। कतारले ३ वाइड र १ लेगबाई रन नेपाललाई दिएको थियो।
कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त रहेन।
१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान गरे। इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो।
कतारका कप्तान मिर्जा मुहम्मद बाइगले २, मुहम्मद तनवीर ०, शाजाइब जमिल अहमद २, शरिक मुनिर ०, डानियल आर्कर ३, मुहम्मद जमन ८ तथा अमिर फारुक र नटआउट अवासिस अहमदले समान १ रन लिए। नेपालले कतारलाई ६ वाइड र १ लेगबाई रन उपहार दिएको थियो।
नेपालले कसिलो बलिङ र फिल्डिङ गर्दा कतार अन्तिममा चुक्यो। नेपालले कतारविरुद्ध ७ बलर प्रयोग गरेको थियो।
म्यान अफ दि म्याच सन्दीप लामिछानेले ३।५ ओभरमा १८ रन दिएर कतारको ५ विकेट झारेका थिए। त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो।
तीन बलरले विकेट झार्दा सोमपाल कामी, रोहित पौडेल, गुल्सन झा र आदिल अन्सारी शून्यहात भए। आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल आलमलाई ल्याएको थियो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




