राजनीति

मधेशमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयत्न

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार आह्वान गर्नुभएको छ।
प्रदेश प्रमुख भण्डारीले दलहरूलाई भोलि बुधबार अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो। प्रदेशसभामा १०७ सदस्य रहेका छन् । सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
विभिन्न १० वटा राजनीतिक दल रहेको मधेश प्रदेशसभामा नेकपा एमाले २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक गरी १०७ जना सदस्य छन् । १०७ मध्ये एमाले र लोसपाका एक/एक सांसद निलम्बित अवस्थामा छन् ।

एमाले र जनमतको सहयोगमा कांग्रेसले पुन: दाबी पेस गर्ने

प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि दलहरूले नयाँ सरकार गठनका लागि तयारी थालेका छन् । हुन त मुख्यमन्त्री सिंहले राजीनामा दिनुअघि नै नेकपा एमाले र जनमत पार्टीको समर्थनमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि बहुत सांसदको हस्ताक्षरसहित दाबी गरेको थियो । तर, संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पदमा रहेकै अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेकाले कांग्रेसको त्यो दाबीपत्र प्रदेश प्रमुख कार्यालयले दर्ता गरेको थिएन ।

जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले सरकार गठनका लागि  पुनः दाबी पेस गर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने दाबी पेस गर्छौं ।’

‘कांग्रेस, एमाले र जनमतको संयुक्त सरकार हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा कुनै दाबी हुँदैन । यो विषयमा हामी तीन दल स्पष्ट छौँ ।’

सम्बन्धित समाचार

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...