खेलकुद

भियतनामसँग हार व्यहोरेसँगै एसियन कप छनोटबाट बाहिरियो नेपाली टोली

काठमाडौँ। खेलको प्रारम्भमै भएको आत्मघाती गोलका कारण नेपाली टोली एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत मंगलबार खेलिएको खेलमा भियतनामसँग पराजित भएको छ । नेपाली टोली आयोजक राष्ट्र भियतनामसँग ०-१ गोलले पराजित भएको हो । नेपाली टोलीको एएफसी एसियन कपमा छनोट हुने सम्भावना पनि समाप्त भइसकेको छ ।

खेलको प्रारम्भमै नेपाली टोलीबाट आत्मघाती गोल भएको थियो । खेल शुरू भएको पाँचौं मिनेटमै नेपाली टोलीका खेलाडी सुमन श्रेष्ठबाट आत्मघाती गोल भएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । नेपाली टोलीले भियतनामको घरेलु मैदानमा आफ्नो ‘होम गेम’ खेलेको हो । सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत यो खेल खेलिएको हो ।

यसअघि, असोज २३ गते नेपाली टोलीले भियतनामकै हो ची मिन्ह सिटीस्थित घरेलु मैदानमा ‘अवे खेल’ खेलेको थियो । उक्त खेलमा पनि भियतनामले नेपाललाई ३–१ गोलले हराएको थियो ।

मंगलबारको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ‘दशरथ रंगशाला’ एसियाली फुटबल महासंघ (एएफसी)को निलम्बनमा परेकाले नेपालले दोस्रो लेग खेल पनि भियतनामको घरेलु मैदानमा खेल्नु परेको हो । एसियन कपको जारी छनोट प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा नेपाली टोलीले भोगेको यो चौथो हार हो ।

नेपाल समूह ‘एफ’ तालिकाको सबैभन्दा तल (चौथो स्थानमा) छ । नेपाली टोली गत चैत १२ गते खेलिएको आफ्नो पहिलो खेलमा मलेसियासँग ०-२ गोलले पराजित भएको थियो । गत जेठ २७ गते खेलिएको आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लाओससँग १-२ गोलले पराजित भएको थियो ।

यसैगरी, असोज २३ गते खेलिएको तेस्रो खेलमा नेपाली टोली भियतनामसँग १–३ गोलले पराजित भएको थियो । अब नेपाली टोलीले मलेसिया र लाओससँग एक–एक खेल खेल्नु पर्नेछ । नेपाल र मलेसियाबीचको खेल आगामी मंसिर २ गते तथा नेपाल र लाओसबीचको खेल आगामी चैत १७ गते खेलिने छ ।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...