जेनजीका माग पूरा हुन ६ वर्ष लाग्छ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताउनु भयो । अब निर्वाचित हुने सांसदहरुले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेन जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताउनुभयो। अहिलेका प्रधानमन्त्री संविधानसम्मत बन्नुभएको प्रधानमन्त्री नरहेको बताउनुभयो।
वर्तमान सरकारका मन्त्रीहरु फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतकि दलहरुसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाउनु भयो । अन्तरिम सरकारका मन्त्रीहरुले निर्वाचन नगराउने किसिमका मन्तव्यहरु दिँदै हिँडिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसरी बोलाउने काम राजनीतिक दलकै नेताहरुको थियो । सभामुखज्युको भन्दा पनि । अहिले संविधानमाथि पनि समस्या परेको छ । जुन धारा टेकेर प्रधानमन्त्री बन्नुभएको छ, त्यो धाराअनुसारको प्रधानमन्त्री बन्ने ठाउँ छैन । संविधान बच्यो र अहिलेको परिस्थितिको आवश्यकतालाई ध्यानमा राखेर निर्णय भएपछि विरोध जनाएनौँ । अहिले संसद बँचाएको भए जेन जीहरुले सडकमा आन्दोलन गरेर राखेका मागहरु प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि २१ वर्षको उमेरमै पनि सांसद उठ्न पाउनुपर्ने लगायतका कुराहरु यही संसदबाटै संशोधन गरेर काम गर्न स्क्थ्यौँ । तर यो भएन । अब जेन जीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ । डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै हो । जनताको ताजा जनादेश नै हो । अहिले चुनावको वातावरण छैन । सरकारका मन्त्रीहरु नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरु गरिरहेका छन् ।’
उहाँले निर्वाचनको बारेमा राजनीतिक दलहरुलाई बोलाएर सिंहदरबार छलफल गर्नुपर्नेमा शितल निवासमा बोलाउनु नै गलत भएको बताउनु भयो । ८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २ सय बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गर्नुभयो ।—
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




