रुकुम पूर्वमा एक महिलाको शव फेला

काठमाडौं । रुकुम पूर्वमा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका-११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए  ।

शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ ।शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

You might also like
Comments
Loading...