सुट्मालाद्वारा बुटिक र तालिम सेवा सञ्चालन
काठमाडौं । काठमाडौंको बागबजारस्थित सुट्मालाले बुटिक पनि सञ्चालनमा ल्याएको छ । सुट्मालाले बागबजारस्थित एनसिसी बैंकको ठिक अगाडी ‘आफ्नो बुटिक’ सञ्चालनमा ल्याएको हो ।
सटिङ सुटिङको क्षेत्रमा बेग्लै पहिचान बनाइसकेको सुट्मालाले बागबजारमा बैशाखबाटै बुटिक सञ्चालनमा ल्याएको हो । बैशाखको अन्तिम साताबाट सञ्चालनमा आएको ‘आफ्नो बुटिक’ ले युवा लक्षित, आधुनिक डिजाइनका पहिरनहरु उपलब्ध गराउनेछ ।
यहाँ बिशेषगरी लेहेंगा, गाउन, सारी लगायतका लेडिज पोशाकहरु उपलब्ध हुनेछन् ।‘आफ्नो बुटिक’ ले तालिम पनि प्रदान गर्ने सञ्चालक तथा सीईओ राज कार्कीले बताए ।
बिगत ६ वर्ष भन्दा लामो समयदेखी सटिङ सुटिङसँग सम्बन्धित पोशाकहरु तयार पार्दै आएको श्रीराज कलेक्सन तथा सुट्मालाले ग्राहकहरुको चाहना र मागलाई मध्यनजर गर्दै अब लेडिज बुटिक सञ्चालनमा ल्याएको कार्कीले बताए ।
नेपाली युवा पुस्तालाई कपडा व्यवसाय र उद्यमतर्फ प्रेरित गर्ने उद्देश्य रहेको उनले बताए । ‘सीपको अभाव भएका व्यक्तिहरुलाई सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशिलतातर्फ उत्प्रेरणा जगाउने हाम्रो लक्ष्य हो ।’
कार्कीले भने ‘विशेषगरी युवा पुस्तालाई हौसला, उत्प्रेरणासँगै स्वदेशमै सम्भाबना छ भन्ने सन्देश दिन चाहेका छन् ।’ कोरोनाको महामारीले सबैलाई शिथिल पारेको बेला एकपछि अर्को व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
‘आफ्नो बुटिक’ को अगुवाईमा टेलरिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभवी साथै सिटीईभिटिबाट थर्ड लेभल हासिल गरिसकेका प्रशिक्षकले तालिम प्रदान गर्नेछन् ।
बैशाख २५ गतेबाट तालिमका लागि आवेदन खुला गरिएको छ । तालिम आधारभुत तथा एड्भान्स तहको सञ्चालन हुनेछ । तालिम लिन ईच्छुक व्यक्तिहरुले ‘आफ्नो बुटिक’ को सामाजिक सञ्जाल तथा सम्पर्क नम्बर ०१९४२६६०८१ मा सम्पर्क गर्न सक्नेछन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




