फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
वालिङ (स्याङ्जा)। स्याङ्जा, चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। पूर्व शिक्षक भण्डारी दसैँ, तिहारलगायत चाडपर्व लक्षित गरी दुई चरणमा फूलखेती गर्दै आएका छन्।
गत असारमा शिक्षण पेसाबाट अवकाश लिनुभएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गर्दै तीन रोपनीमा दसैँ–तिहारका लागि र दुई रोपनीमा मङ्सिरपछि उत्पादनका लागि फूलखेती गर्दै आएका छन्।
भण्डारीले बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा फूलखेती सुरु गरेको जानकारी दिए। यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरा लगायतका बजारमा सजिलै बिक्री हुने गरेको छ।
‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउने भण्डारीलाई श्रीमती र छोराद्वयले सहयोग गरिरहेका छन्। फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा रु ४००–४५०, र माला प्रतिगोटा रु ९० मा बिक्री हुँदै आएको छ। यस वर्ष हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ भने तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट माग बढेको छ।
गतवर्ष एक याममा पाँच लाखभन्दा बढी आम्दानी गरेको भण्डारीले यस वर्ष रु १० लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




