यी हुन् सन् २०२६ मा विश्वकप खेल्ने २० टोली
काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिको टुङ्गो लागेको छ ।
ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो ।
बिहीबार भएको सुपर सिक्सको खेलम युएईले जापानलाई पराजित गरेपछि विश्वकपमा छनोट अने अन्तिम (२०औं) टोली बनेको हो । एसिया-इएपी छनोटमा ९ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान थियो ।
पुरुष टी२० विश्वकपको १०औं संस्करण २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म (माघ २७ देखि फागुन २४ गते) भारत र श्रीलंकाको विभिन्न मैदानमा हुनेछन्।
२० टिमकै टुङ्गो लागेपछि अब विश्वकपका लागि समूह विभाजन हुनेछ भने खेल स्थलहरू पनि तय गरिनेछ ।
२०२६ को विश्वकपका लागि एसियाबाट सर्वाधिक ८ टोली (भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, नेपाल, ओमान, युएई) छनोट भएका छन् ।
यस्तै युरोपबाट ४ (इंग्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, इटली), अफ्रिकाबाट ३ (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट २ (अमेरिका, क्यानडा), क्यारेबियनबाट १ (वेष्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट २ (अष्ट्रेलिया, न्युजिल्याण्ड) टिमले विश्वकप खेल्नेछन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




