अर्थ

बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्यो

काठमाडौं: कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोजको तुलनामा औषत ब्याजदर ५.४६ प्रतिशतबाट घटेर ५.२० प्रतिशत पुगेको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी ६ बैंकले असोजकै दर कायम राखेका छन्। माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी ब्याजदर घटाएका छन्।

नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्।

कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ब्याज नबिल, प्रभु र कृषि विकास बैंकले दिनेछन्, जबकि ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले सर्वाधिक ६ प्रतिशत ब्याज दिने भएका छन्।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...