अन्तर्राष्ट्रिय

नोबेल पुरस्कार विजेता भौतिकशास्त्री चेन निङ याङको १०३ वर्षको उमेरमा निधन

सिन्ह्वा विश्वविद्यालयकाअनुसार नोबेल पुरस्कार विजेता तथा चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् प्रख्यात भौतिकशास्त्री चेन निङ याङको शनिशार १०३ वर्षको उमेरमा बेइजिङमा निधन भएको छ । याङको जन्म सन् १९२२ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईमा भएको थियो ।

१९४० को दशकमा उनी शैक्षिक अध्ययन गर्न संयुक्त राज्य अमेरिका गए र पछि शिक्षण पदमा रहे । उनलाई १९५७ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । याङ र रोबर्ट मिल्सद्वारा प्रश्तुत गरिएको याङ–मिल्स गेज सिद्धान्त २० औं शताब्दीमा भौतिकशास्त्रको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिहरू मध्ये एक हो ।

चीन फर्केको २० वर्षभन्दा बढी समयदेखि याङले सिङ्घ्वा विश्वविद्यालयमा अध्यापन गर्दै प्रतिभाको विकास र भर्ती र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...