ओलीले संसद् पुर्नस्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताउनुभएको छ।
केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो।
‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो’, प्रचण्डले बताउनुभयो।
प्रचण्डले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुश्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ।
गर्दै संयोजक प्रचण्डले जेन्जी युवालाई भन्नुभयो‘तपाईंहरू आफ्नो मित्र दुश्मन को हो छुट्टयाउनु होला । हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




