विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने
काठमाडौं। इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उहाँको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइनुभएको थियो। त्यसपछि उहाँको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले मृत्यु पुष्टि गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा
चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...




