स्वास्थ्य

धन्वन्तरी जयन्तीः नेपालमा आयुर्वेद फस्टाउँदो क्रममा

काठमाडौँ। सिंहदरबार वैद्यखाना विकास समितिका कार्यरत आयुर्वेद डा। विनोद साहले नेपालमा आयुर्वेदिक चिकित्सा फस्टाउँदो क्रममा रहेको बताउनुभएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्तीको अवसरमा आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले सिंहदरबार वैद्यखानामा धेरै किसिमका आयुर्वेदिक औषधिहरु उत्पादन भएर विक्री वितरण भइरहेको जानकारी दिनुभयो । आयुर्वेदिक औषधिलाई नेपालका सबै जिल्लाका नागरिकमा सहज पहुँच पुग्नेपरि वैद्यखानाले काम गरिरहेको उहाँको भनाई छ । उहाँले हालै वैद्यखानाका उत्पादन सुपथ मूल्यका उपलब्ध गराउनको लागि नरदेवी आर्युवेदिक चिकित्सालयसँग सम्झौता गरेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आयुर्वेदको अवस्था हेर्ने हो भने अहिले नेपालमा एकदमै फस्टाउँदो क्रममा अगाडी बढिरहेको छ । जहाँसम्म सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाको कुरा गर्ने हो भने अहिले धेरै किसिमको औषधिहरु निर्माण हुँदैछन् । विक्री वितरण पनि भइरहेको छ । विस्तारै हामी नेपालभरिका जिल्लाहरुमा आर्युवेद औषधि विशेष गरेर सिंहदरबार वैद्यखाना विकास समितिका उत्पादनहरुलाई जनस्तरमा कसरी पु¥याउने भन्ने किसिमले हामी अगाडी बढिरहेका छौँ । भर्खरै पनि हामीले नरदेवी आर्युवेदिक चिकित्सालयसँग एउटा सम्झौता गरेका छौँ । जसअन्र्तगत त्यहाँका औषधि वितरण कक्षबाट वैद्यखाना विकास समितिबाट उत्पादित औषधिहरु सुपथ मूल्यमा अझ विशेष छुटसहित किन्न पाउनुहुनेछ ।’

सिंहदरबार वैद्यखाना विकास समितिमा आईतवार विशेष पूजाआज गरी समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्ती मनाइएको छ । धन्वन्तरी जयन्ती आर्युवेद जगतमा लोकप्रिय रहेको डा साहले बताउनु भयो । उहाँकाअनुसार पृथ्वीमा आयुर्वेदको अवतरण नै धन्वन्तरी भगवानले गराउनुभएको भन्ने विश्वास रहेको छ । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...