अर्थ

बढ्यो नेप्से

काठमाडौं। तिहारअघिको सेयर बजार १६.६७ अंक बढेको छ ।

सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ। नेप्से बढे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको भयो।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढे । विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशत घटे ।

आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढ्यो ।

कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशत घट्यो ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...