राजनीति

संसद् विघटनविरुद्ध थप ५ रिट दर्ता, १६ पुगे

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध आज थप ५ वटा रिट दर्ता भएका छन्। प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आइतबार थप ५ वटा रिट दर्ता भएका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो। योसँगै यस प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता हुने रिटको संख्या १६ पुगेको छ ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र उनले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेका रिटमा यही कात्तिक १२ गतेदेखि सुनुवाइ हुने छ ।

यसअघि अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल तथा आयुस बडाललगायतले सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दिनुभएको थियो।

जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्री कार्कीले सोही दिन प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनावको मिति तोक्नुभएको थियो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...