राजनीति

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध रिट

काठमाडौँ। राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार अधिवक्ता सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गर्नुभएको हो।

‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइ विशेष समितिद्वारा अनुमोदन भई राष्ट्रपतिद्वारा संविधानको धारा २८२ बमोजिम नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय असंवैधानिक छ,’सर्वोच्चमा दायर रिटमा उल्लेख गरिएको छ ।

निर्वाचनको म्यान्डेट पाएको सरकारले गरेको उक्त निर्णय उत्प्रेषणका आधारमा बदर गरी उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन परमादेश समेत माग गरिएको छ ।

सरकारले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिसकेको भन्दै सुशीला कार्की नेतृत्वको सरकारले तत्काल राजदूत नियुक्त गरी संसदीय सुनुवाइबाट रिक्त राजदूतहरूको नियुक्ति/परिपूर्ति गर्न सक्ने अवस्थाको विद्यमानता नरहेको रिटमा उल्लेख गरिएको छ ।

उक्त निर्णय तत्काल कार्यान्वयन हुन गएमा कूटनीतिक ‘भ्याकुम’ हुने भन्दै रिटको अन्तिम किनारा नलागेसम्म गत असोज ३० गते सरकारले गरेको राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु,नगराउनु भनी रिट निवेदकले माग गर्नुभएको हो।

गत असोज २० गते मन्त्रिपरिषद् निर्णयबाट सरकारले फिर्ता बेलाएका राजदूतहरूमा चीनका प्राडा कृष्णप्रसाद ओली, जर्मनीका डा शैल रुपाखेती, इजरायलका प्रा। धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदी रहनुभएको थियो।

उहाँहरुलाई यही कात्तिक २० गतेभित्र स्वदेश फर्किसक्न निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...