प्रधानमन्त्री कार्कीद्वारा दलहरूको बैठक आह्वान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाउनुभएको छ।
प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लाग्नुभएको हो।
खनालले दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र अन्य दलहरूलाई आज पत्र पठाएर छलफलमा बोलाइएको छ ।
खनालका अनुसार हरेक दलबाट दुई दुईजना प्रतिनिधिहरू पठाउन आग्रह गरिएको छ। ‘मङ्गलबार ४ गतेका लागि बोलाइएको छ। हामीले पत्रसमेत पठाएका छौं’ खनालले भन्नुभयो, ‘राष्ट्रिय दल र संसदमा प्रतिनिधित्व गर्ने दलसँग पहिलो चरणमा छलफल गर्नेछौं।’
यस अगाडि दलहरूले प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद नगरिकन निर्वाचनको मिति घोषणा गरेको भन्दै आपत्ति जनाइरहेका थिए। प्रधानमन्त्री स्रोतका अनुसार खनाललाई नै दलहरूसँग संवाद गर्नका लागि पत्र पठाउन जिम्मेवारी दिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




