अन्तर्राष्ट्रिय

डिसेम्बरसम्ममा इबोला प्रकोप अन्त्यको घोषणा हुनसक्छः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आईतवार स्वास्थ्य अधिकारीहरूले डिसेम्बरको शुरुमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालको इबोला प्रकोपको अन्त्यको घोषणा गर्नसक्ने बताएको छ। यदि त्यसअघि कुनै नयाँ केस फेला परेन भने त्यो सम्भव रहेको बताएको हो । अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय कार्यालयको एक विज्ञप्तिमा यो घोषणा अन्तिम इबोला बिरामीलाई पूर्ण रूपमा निको भएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो ।

जुन घातक भाइरस विरुद्धको देशको लडाईमा कोसेढुङ्गा हो । सेप्टेम्बर ४ मा कसाईको मध्य प्रान्तको स्वास्थ्य क्षेत्र बुलापेमा प्रकोप घोषणा भएदेखि ५३ पुष्टि भएका र ११ सम्भावितसहित कुल ६४ केसहरू रिपोर्ट गरिएका छन् । डब्लूएचओकाअनुसार उन्नाइस बिरामीहरू निको भएका छन् र सेप्टेम्बर २५ देखि कुनै नयाँ केस रिपोर्ट गरिएको छैन । अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले अहिलेसम्म भएको प्रगतिको प्रशंसा गर्नुभयो।

डब्ल्यूएचओले पहिले सेप्टेम्बर २०२२ मा आफ्नो १५ औं इबोला प्रकोपको अन्त्यको घोषणा गरेको थियो । जुन पूर्वी प्रान्त उत्तरी किभुमा देखा परेको थियो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...