तिहारमा विद्युतको माग घट्ने अनुमान
काठमाडौँ। यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ । तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ ।
उहाँकाअनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ । यद्यपी विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताउनु भयो । उहाँकाअनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ ।
कार्यकारी निर्देशक सिलवालले भन्नुभयो– ‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमाण्ड घट्छ । यसको कारण तिहारमा इण्डस्ट्रीहरू बन्द हुन्छन् । त्यसकारणले हो । होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतया माग घट्छ । पहिला इन्डस्ट्रीको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो । तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इण्डस्ट्री नहुने । त्यसले गर्दा खपत बढी देखिन्थ्यो, पहिला । तीन÷चार वर्षयताको अवस्था हेर्ने हो भने, तिहारको बेलामा चाहिँ इन्डस्ट्री नचल्ने हुनाले खपत कम हुन्छ ।’
सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ । नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ । प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उहाँको भनाइ रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त...
पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...
डुम्रे–बेसीसहर सडक ८ घण्टा
दमौली। डुम्रे–बेसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको...
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...




