राजनीति

निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन

काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार निवेदनमा क्रस खुकुरी निर्वाचन चिह्न माग गरिएको छ । तर उक्त निर्वाचन चिह्न परिवर्तन गर्न सुझाव दिएको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो।

त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ । सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।

त्यस्तै आयोगमा आइतबार नेपाल लिबरल नामको पार्टी दर्ताका लागि पनि निवेदन परेको आयोगका प्रवक्ता भट्टराईले जनाए । उनका अनुसार उक्त पार्टीको चुनाव चिह्न सिक्का माग गरिएको छ । दुवै निवेदन आयोगले दर्ता गरे पनि थप निर्णय गरिसकेको छैन ।

क्जष्खबm ऋझभलत

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...