समाचार

करेन्ट लागेर रौतहटमा पूर्ववडाध्यक्षको निधन

रौतहट। रौतहटको गौर  नगरपालिका–५  का पूर्ववडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ ।

बुधबार अपरान्ह  करिब ४ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा मोटरको तारबाट अचानक करेन्ट लागि पूर्व वडा अध्यक्ष यादव घाइते हुनु भएको थियो। शवलाई पोस्टमार्टमको लागि अस्पतालमै राखिएको र घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य रहनुभएका यादवको मृत्युले पार्टीलाई अतुलनीय क्षति भएको युवा संघ नेपालका केन्द्रीय सदस्य बजरंगी गुप्ताले बताउनुभयो।

सम्बन्धित समाचार

काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ

काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ

काठमाडौँ। काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको...

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...