तनहुँमा युवकमाथि निर्धात कुटपिट
तनहुँ। तनहुँको शुक्लागण्डकीमा एक युवकमाथि निर्धात कुटपिट भएको छ। कुटपिटबाट ती युवक गम्भीर घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडास्थित हेल्थपोष्ट चोक नजिकै स्थानीय २५ वर्षीय दिपेश न्यौपानेमाथि कुटपिट भएको हो।
कुटपिटमा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ पर्नेमा शुक्ला गण्डकी ३ दुलेगौंडाका २६ वर्षीय कुमार लामा र २९ वर्षीय निशान पौडेल रहेका छन्। सामान्य विवादकै क्रममालशुक्रबार निर्घात कुटपिट भएका न्यौपालेलाई सुरुमा जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र झरौटा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि उनलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न दुई युवक इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा छन्।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




