अर्थ

भक्तपुरमा धानवाली भित्र्याउने चटारो

काठमाडौँ। तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन्। शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन्।

ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताउनुभयो। उहाँले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो। सुनिता कोजुले भन्नुभयो, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुप¥यो। मल, विउको समयमै व्यवस्था हुनुप¥यो। त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ।’

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गर्नुभयो। उहाँले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताउनुभयो।
माखुले भन्नुभयो,‘यो दशैं अगाडि धान काटन शुरु हुन्छ। त्यही बेलादेखि आलु रोप्ने काम पनि शुरु हुन्छ। धानबालीको हेरचाह हामी आफैँ गर्छौं। मल बेलामा पाइँदैन। पैसा तिरेर पनि मल नपाउने समस्या छ।’

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम शुरु हुन्छ। असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम शुरु हुने स्थानीय किसानले बताए। बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताउनुभयो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...