युक्रेनी राजधानीमा रुसी आक्रमणः १ जनाको मृत्यु, १० घाइते
शुक्रवारदेखि शनिवारसम्म रातिसम्म भएको रुसी आक्रमणबाट युक्रेनी राजधानीमा एक जनाको मृत्यु भएको छ। साथै अन्य १० जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।
आक्रमणबाट धेरै क्षेत्रमा आगो लागेको, आवासीय भवनका झ्यालहरू फुटेको र शहरको पूर्वी भागमा रहेको एउटा बालवाडीमा क्षति पुगेको किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेन्कोले बताउनु भयो । किभका मेयर भिटाली क्लिट्स्कोले शहरलाई ब्यालिस्टिक क्षेप्यास्त्रले लक्षित गरेको बताउनुभयो ।
युक्रेनी वायु सेनाकाअनुसार युक्रेनमा रातभर गरिएको आक्रमणको क्रममा रुसले ६२ वटा ड्रोन र नौ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। वायु रक्षा एकाइहरूले ५० वटा ड्रोन र चार वटा क्षेप्यास्त्र खसालेका थिए। यो आक्रमण एक हप्ताभन्दा कम समयमा युक्रेनी राजधानीमा दोस्रो ठूलो आक्रमण हो।
शुक्रवार बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायतले जाडोमा देशको हवाई रक्षालाई बलियो बनाउन युक्रेनलाई ५ हजार भन्दा बढी हल्का बहुभूमिका क्षेप्यास्त्रहरू आपूर्ति गर्ने आफ्नो कार्यक्रमलाई तिब्रता दिइरहेको बताउनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




