अर्थ

पोङ्कर तालसम्म नयाँ पदमार्ग निर्माण हुने

मनाङ। नासोँ गाउँपालिका–६ र ७ स्थित प्रसिद्ध पोङ्कर तालसम्म पुग्ने नयाँ पदमार्ग निर्माणको तयारी सुरु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ कार्यालयले समुद्री सतहदेखि ४,६५१ मिटर उचाइमा रहेको उक्त तालसम्मको सर्वेक्षण सम्पन्न गरी पदमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको हो।

अन्नपूर्ण तेस्रो हिमालको काखमा अवस्थित पोङ्कर ताललाई मनाङ उपत्यकासँग नयाँ पदमार्गमार्फत जोड्ने उद्देश्यले विस्तृत सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, पोखरा कार्यालयका प्रमुख रवीन कडरियाले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ पदमार्ग निर्माणपछि पोङ्कर ताललाई प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा प्रवर्द्धन गर्न मद्दत पुग्नेछ। अन्नपूर्ण तेस्रोको हिमनदीबाट बनेको यो ताल मनाङ जिल्लाको सबैभन्दा कम अन्वेषण गरिएको प्राकृतिक स्थलमध्ये एक हो।

स्थानीयहरूले प्रयोग गर्दै आएको पुरानो बाटो पहिरोले क्षति पुर्‍याएपछि ब्ऋब्ए मनाङले सुरक्षित र दिगो मार्गको पहिचान गर्न टोली परिचालन गरेको हो। पर्यटन र संरक्षण दुवैमा लाभ स्थानीय समुदायका अनुसार, यहाँको क्षेत्र यार्सागुम्बा र वन लसुन सङ्कलनका लागि प्रायः प्रयोग हुने गर्छ। परियोजनाले गरेको यस्तो अन्वेषणात्मक सर्वेक्षणले स्थानीय समुदायमा संरक्षण जागरुकता र दिगो पारिस्थितिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रमुख कडरियाले भन्नुभयो, “पोङ्कर तालको वरिपरिका हिमाली दृश्य अत्यन्त आकर्षक छन्। नयाँ पदमार्ग विकास भएसँगै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरी स्थानीय अर्थतन्त्रमा ठूला फाइदा ल्याउनेछ।”

पर्यटन प्रवर्द्धनको सम्भावना नयाँ पदमार्ग सञ्चालनमा आएपछि पोङ्कर ताल क्षेत्र मनाङको नयाँ गन्तव्यका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अनुभव खोज्ने आन्तरिक तथा विदेशी पर्यटकहरूका लागि यो पदमार्ग नयाँ आकर्षण बन्ने बताइएको छ। रासस

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...