समाचार

नेपालमा फेरि वर्षा हुँदै, कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौं । नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...

लागुऔषधसहित सातजना पक्राउ

लागुऔषधसहित सातजना पक्राउ

झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।...

उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको...

२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु

२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु

काठमाडौँ। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना का कारण तीन जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम...