राजनीति

सरकार पारदर्शिताको पहिलो परीक्षामै असफल : महेश बस्नेत

काठमाडौँ।  नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार पारदर्शिताको पहिलो परीक्षामै असफल भएको टिप्पणी गर्नु भएको छ।

बस्नेतले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘४६ दिन पुग्दा पनि सुशीला कार्की नेतृत्वको “स्वच्छ छवि भनिएको” सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत सकेको छैन, भ्रष्टाचार विरोधी आन्दोलनको नारा दिएर बनेको सरकार पारदर्शिताको पहिलो परीक्षा नै फेल भयो।’

स्वच्छ छवि र पारदर्शिताको दाबी गर्दै बनेको सरकारले आफ्नो नैतिक प्रतिबद्धता देखाउन नसकेको बस्नेतको धारणा छ ।

कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले पदभार सम्हालेको करिब डेढ महिनाभन्दा बढी भइसकेको छ । सरकार गठनको प्रारम्भिक चरणमा ‘भ्रष्टाचारविरुद्धको सशक्त सरकार’का रूपमा प्रचार गरिएको थियो । तर मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक नहुँदा राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ।

सम्बन्धित समाचार

रवीन्द्र मिश्रले छाडे राप्रपा

रवीन्द्र मिश्रले छाडे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...