राजनीति

देउवा दम्पती सिंगापुर उडे

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उड्नुभएको छ। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गर्नुभएको हो।

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साउनुभएको थियो। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकाल्नुभएको थियो।

बूढानीलकण्ठको घर जल्दा उहाँहरूको राहदानी जलेको थियो। भदौ २४ गते प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवाको टाउकोमा १२ वटा टाँका लगाउनु परेको थियो।

भदौ २४ को घटनापछि देउवा एकैपटक असोज २९ गते पार्टी कार्यालयमा देखा पर्नुभएको थियो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...