राजनीति

बागमती प्रदेशमा मन्त्रालय घटाउने तयारी, १४ बाट सातमा सीमित गर्ने प्रस्ताव

बागमती। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यसहित हालका १४ मन्त्रालय घटाएर सातमा सीमित गर्ने योजना बनाइएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार सत्तारुढ दल नेपाली कांग्रेस र ८८नेकपा एमाले ८८ बीच मन्त्रालय संख्या घटाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। “सत्तारुढ दलको संयुक्त बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरेपछि सरकारले त्यसको अध्ययनका लागि समिति गठन गरी गृहकार्य सुरु गरेको छ,” मुख्यमन्त्री बानियाँले बताउनुभयो।

उहाँका अनुसार उक्त समितिले कुन–कुन मन्त्रालय राख्ने, कुन मन्त्रालयहरू एकीकृत गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्ने लगायत विषयमा अध्ययन गरिरहेको छ। “हामीले मन्त्रालयको संख्या घटाउने मात्र होइन, व्यवस्थापन र कार्यक्षमता सुधारमा पनि ध्यान दिएका छौँ,” उहाँले थप्नुभयो। मुख्यमन्त्री बानियाँले मन्त्रालय संख्या घटाउने प्रक्रिया प्रशासनिक सुधार र वित्तीय अनुशासनसँग जोडिएको बताउँदै यो विषयमा दलीय सहमति र विज्ञहरूको सल्लाहका आधारमा अन्तिम निर्णय लिइने जानकारी दिनुभयो।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि मन्त्रालयको संख्या अत्यधिक भएको भन्दै प्रदेश सरकारलाई घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि सत्तारुढ दलहरूबीच सहमति जुटेपछि यो विषय औपचारिक निर्णयतर्फ अघि बढेको हो। मुख्यमन्त्री बानियाँका अनुसार, “खर्च कटौती र सुशासन हाम्रो सरकारको प्राथमिकता हो। यसलाई दीर्घकालीन सुधारको अवसरका रूपमा लिएकाछौँ।”

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...