अर्थ

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मी परिचालन

म्याग्दी। मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आधार शिविर क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ। अत्यधिक पर्यटक आगमन र सञ्चारको पहुँच नहुँदा बिरामी वा अलपत्र पर्ने जोखिम बढेकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै आधार शिविरमा पठाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो। टोलीमा हिमाली उद्धारकर्मी इन्द्रसिंह शेरचन समेत सहभागी हुनुहुन्छ।

जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले आधार शिविरमा जान पूर्ण रोक लगाइएको छ। गाउँपालिकाले पनि पर्यटकलाई सुरक्षित रहन र सतर्क रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...