बढ्यो नेप्से
काठमाडौं। सेयर बजारमा ६२ अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ।
सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ६६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४ अर्ब ५७ करोड ३९ लाख ३ हजार ४०५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २३६ स्टक्सको मूल्य बढ्दा १२ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावर र बुटवल पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसैगरी एक्सिल डेभलपमेन्ट बैंकको सेयर ९.९८ प्रतिशतले बढ्दा राधी विद्युतको ९.६० प्रतिशत र लुम्बिनी विकास बैंकको ९.३५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्षस्थानमा रह्यो। सो कम्पनीले २४ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
यसैगरी युनियन हाइड्रोपावरको २३ करोडको सेयर कारोबार गर्दा राधी विद्युतले २१ करोड, बुटवल पावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १९/१९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। डेभलपेन्ट विकास बैंक समूहको उपसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढ्यो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...




