मुस्ताङ र मनाङमा भारी वर्षा
काठमाडौँ। पश्चिमी वायु र अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली हुँदा मुस्ताङ र मनाङमा आज भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा अभिलेख भएको छ। विभागका मापदण्डअनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षा मानिन्छ।
अन्य धेरै जिल्लामा पनि मध्यम वर्षा भएको विभागले जनाएको छ। दिउँसो ३ः४० बजेसम्मको अभिलेखअनुसार डोल्पाको दुनैमा ३६ मिलिमिटर, जुम्लामा १३ मिलिमिटर, बागलुङ र पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर, चितवनमा २३ मिलिमिटर, र लमजुङमा २७ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागका अनुसार हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी छ। काठमाडौँ उपत्यकामा भने हल्का वर्षासँगै चिसो बढेको छ।
यसैबीच, आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले निरन्तर वर्षा र हिमपातका कारण आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
यस्तो छ आजको मौसम
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम...
आज ग्याल्पो ल्होसार
काठमाडौँ। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ...




