ओलीद्वारा नयाँ राजनीतिक मार्गचित्र प्रस्तुत
काठमाडौं । वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ मार्गचित्र प्रस्तुत गर्नुभएकाे छ ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) का प्रतिनिधिसँग भएको भेटवार्ताका क्रममा उहाँले संविधान र लोकतन्त्रलाई स्थायित्वका मार्गमा फर्काउन राजनीतिक सहमतिबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
अध्यक्ष ओलीले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । उहाँका अनुसार प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेका व्यक्तिलाई पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक छ, जसले सङ्क्रमणकालीन परिस्थिति समाधान गर्न सहजता पुर्याउनेछ ।
जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्री पदबाट हटाइए पनि थप तिक्तता र द्वन्द्व नबढोस् भन्ने भावनाका साथ आफूले पुनः प्रधानमन्त्रीको दाबी नगर्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको बाटो रोज्नुपर्ने बताउनुभएको छ ।
उहाँले जेन–जी आन्दोलनमा सहभागी नयाँ पुस्तासहित सबै राजनीतिक दल र पक्षहरूको सहभागितामा सर्वदलीय वा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । सो सरकारलाई तीन महिनाभित्र नयाँ निर्वाचनको मिति तय गरी त्यसैअनुसार तयारी गर्ने जिम्मेवारी दिइनुपर्ने उहाँको धारणा छ । सो व्यवस्थाले फागुन २१ गतेका लागि पहिले नै तोकिएको मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव हुनेछ । यसरी अघि बढेमा लोकतान्त्रिक प्रक्रिया र संवैधानिक मार्ग पुनः सुदृढ हुने उहाँको विश्वास छ ।
संविधान र लोकतन्त्रलाई पुनः लिकमा ल्याउन यी सबै कार्यका लागि राजनीतिक दलहरूबिच अग्रिम सहमति आवश्यक रहेको अध्यक्ष ओलीले जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उहाँले देशको स्थायित्व, शान्ति र राष्ट्रिय एकताका लागि सहमतिको राजनीति नै सर्वोत्तम विकल्प हुने विश्वास व्यक्त गर्नुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...




