मैत्रीपूर्ण फुटबलमा भारतमाथि नेपालको पेनाल्टीमा जित
काठमाडौँ। नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।
टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भएको हो । पेनाल्टी सुटआउटकै लागि आज पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएको थियो। मुख्य प्रशिक्षक नविन न्यौपानेको निर्णयलाई अन्जनाले सहि साबित गरेकी छिन्।
अन्जनाले भारतको पहिलो पेनाल्टी हातले र तेस्रो पेनाल्टी खुट्टाले सजिलै रोकिन् । दोस्रो पेनाल्टी बाहिरिएको थियो।
नेपालका लागि कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे। सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेपछि नेपाल विजयी भयो ।
त्यसअघि निर्धारण ९० मिनेटको खेल १-१ ले बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा दुबै टोली गोल गर्न असफल भएपछि खेल निर्धारण समय बराबरीमा सकिएको थियो।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । अनिताको कर्नरमा रश्मिले हेड मार्फत गोल गरिन् ।
त्यसअघि ३० औं मिनेटमा नेपाल खेलमा पछि परेको थियो। सौम्य गोगुलोथले गोलमा भारतले अग्रता लियो । निशा थोकरको मिस पासमा प्राप्त बलमा उनले गोल गरेकी हुन्।
त्यसको केहि समयपछि प्राप्त फ्रि किकमा नेपालले बराबरीको मौका पाएको थियो। अनिताको फ्रिकिकलाई भारतीय गोलकिपरले पन्च गरिन् ।
खेलमा पछि पर्नुअघि नेपालका लागि मिना देउवा र सरु लिम्बूको प्रहार गोल हुन सकेन । त्रिदेवशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमवार भारतविरुद्धको खेलको पहिलो रोजाइमा मुख्य प्रशिक्षक नविन न्यौपानेले आज १० खेलाडी परिवर्तन गरेको छ।
नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता कप्तानी गरेकी हुन् ।
सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, उषासहित प्रतिक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई , सरस्वती हमाल र रश्मि आज पहिलो रोजाइमा थिए ।
भारतले भने पछिल्लो खेलबाट सुरुवाती ११ का सबै खेलाडी परिवर्तन गर्दै बेन्चमा पनि सिक्किमका स्थानीय सहित नयाँ खेलाडीलाई अवसर दिएको थियो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




