अफताब आलम आईसीयूमा
काठमाडौं। नेपाली कांग्रेस नेता अफताब आलम अस्पताल भर्ना हुनुभएको छ।
उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम काठमाडौँ मेडिकल कलेजमा भर्ना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। भेन्टिलेटरमा उपचार भइरहेका उहाँको स्वास्थ्य अवस्था गम्भीर छ।
मुटुमा समस्या देखिएपछि मंगलबार आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उहाँलाई ब्रेन स्ट्रोक भएको थियो।
त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




