अन्तर्राष्ट्रिय

भेट्दैछन् ट्रम्प र सी

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार भेटवार्ता हुँदैछ। एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरममा सहभागी हुनका लागि अहिले दुवै नेता दक्षिण कोरियामा छन्।

ट्रम्प र सीबीच दक्षिण कोरियाको समयअनुसार बिहान ११ बजे भेटवार्ता हुने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनीहरुबीच दक्षिण तटीय सहर बुसनमा भेटवार्ता हुनेछ। ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक सीसँग वार्ता हुन लागेको हो। दोस्रो कार्यकाल सम्हालेसँगै ट्रम्पले चीनसँग व्यापार युद्ध गरेपछि दुई देशबीचको सम्बन्धमा उतारचढाव भइरहेको छ।

यसपालि दुई देशबीच व्यापार वार्ता सफल हुनेमा दुवै देशका अधिकारीहरू विश्वस्त रहेको भनेर रोयटर्सले लेखेको छ। ट्रम्पले पनि सम्मेलनका क्रममा भएका विभिन्न साइडलाइन वार्ताका क्रममा यसपटक चीनसँगको व्यापार वार्ता सफल हुने बताएका छन्।

ट्रम्प र सीबीच व्यापार वार्तका लागि भेट हुनुअघि नै दुई देशले व्यापार सम्झौताको मस्यौदा तयार पारिसकेका छन्। आइतबार मलेसियाको क्वालालम्पुरमा १३ औं एसियन(युएस सम्मेलनको साइडलाइन वार्ता दुई देशका अधिकारीहरूले छलफल गरेर व्यापार वार्ताको मस्यौदा तयार पारेका थिए।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...