युद्धविराम सम्झौताप्रति अझै प्रतिवद्ध छौँः हमास
हमासले बुधवार इजरायलसँगको युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेको बताएको छ । साथै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
एक प्रेस विज्ञप्तिमा हमासले गाजामा इजरायलको हालैको आक्रमणले अमेरिकी प्रशासनको संलग्नताको बीचमा युद्धविराम सम्झौतालाई कमजोर पार्ने र बल प्रयोग गरेर नयाँ वास्तविकताहरू लाद्ने आफ्नो मनशाय प्रकट गरेको बताएको छ । इजरायल र हमासले हालैका दिनहरूमा युद्धविराम उल्लंघनको लागि दोषारोपण गर्दै आएका बेला यो विज्ञप्ति आएको हो ।
रातभरको आक्रमणमा ४६ बालबालिका र २० महिलासहित १०४ प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधवार बताएका छन् । प्रतिक्रियामा हमासले मंगलवार राति हुने भनिएको इजरायली बन्धकको शव हस्तान्तरण स्थगित गरेको बताएको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ ।
बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहने बताउनुभएको छ । साथै इजरायलले आफ्नो सैनिक मारिएकोले प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




