वानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु

सिन्ह्वा । क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।

सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

उक्त मन्त्रालयले दिएको जानकारी अनुसार यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन् । केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो ।

आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् ।

ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

You might also like
Comments
Loading...