अर्थ

नबिल बैंक र पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस)बीच सम्झौता

काठमाडौं । नबिल बैंक र पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस)बीच सम्झौता भएको छ ।

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस  (UPI)को स्वीकृति प्रदान Payment Nepal (गेटवे पेमेन्ट सर्भिस प्रा. लि.) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटरसँग साझेदारी गरेको हो ।

UPI अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल-टाइम भुक्तानी प्रणाली हो ।

यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा UPIआधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेछन् ।

त्यसैगरी, नबिल UPI QR सँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोन पे, गुगल पे, र पेटीएम लगायत UPI आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

 

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...