खेलकुद

नेपाली पुरुष फुटबल टिमको प्रशिक्षकमा हरि खड्का

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डिरेक्टर हरि खड्का आफैँ नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ।

एन्फाले शुक्रबार खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले आसन्न एएफसी एसियन कप छनोटका खेललाई मध्यनजर गर्दै खड्कालाई नै प्रशिक्षक बनाएको हो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ। उक्त खेलका लागि खड्कालाई प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ। यस्तै नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

खड्का नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक समेत हुनुहुन्छ । पुरुष टिममा भने उहाँले यसअघि सहायक प्रशिक्षक हुनुहुन्थ्यो । खड्का पहिलो पटक पुरुष टिमको मुख्य प्रशिक्षक बन्नुभएको हो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...