को बन्ला एकदिवसीय महिला क्रिकेटको नयाँ विजेता : भारत कि दक्षिण अफ्रिका?
काठमाडौँ । आईसीसी महिला एक दिवसीय विश्वकप १३ औं संस्करणको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । खेल दिउँसो ३:१५ बजे मुम्बईमा शुरू हुनेछ । भारत र दक्षिण अफ्रिका दुबैले हालसम्म महिला एक दिवसीय विश्वकपको उपाधि जित्न सकेका छैनन् । जारी विश्वकपका यी दुबै टोली लयमा छन् । तर, भारतभन्दा दक्षिण अफ्रिकाको प्रदर्शन केही अब्बल देखिएको छ । जारी विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच भिडन्त भइसकेको छ । त्यो खेलमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ४९।५ ओभरमा अलआउट हुनुअघि दुई सय ५१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले ४८।५ ओभरमा सात विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको थियो । समूहगत चरणको खेलपछि दक्षिण अफ्रिका अंक तालिकाको तेस्रो र भारत चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
समूहगत चरणमा दक्षिण अफ्रिकाले सातमध्ये पाँच खेलमा जीत र दुई खेलमा हारको नतिजाबाट १० अंक बटुलेको थियो । अर्कोतिर, भारतले सातमध्ये तीन खेलमा जीत र तीन खेलमा हारको नतिजा निकालेको थियो । सात अंक बटुलेको भारतको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।
यसैगरी, प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई एक सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । इङ्ल्यान्ड चारपटकको विश्वकप विजेता हो । इङ्ल्यान्डले सन् १९७३, सन् १९९३, सन् २००९ र सन् २०१७ मा उपाधि जितेको थियो । सेमिफाइनलमा चारपटकको विश्वकप विजेता इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाको मनोबल पनि उच्च बनेको छ । भारतले भने दोस्रो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियामाथि पाँच विकेटको कीर्तिमानी जीत हासिल गरेको थियो ।
महिला एक दिवसीय विश्वकपको छैटौं संस्करण भारतमा आयोजना भएको थियो । महिला विश्वकपमा दक्षिण अफ्रिकाको यो पहिलो सहभागिता थियो । सोही संस्करणको क्वार्टरफाइनलमा भारत र दक्षिण अफ्रिका पहिलोपटक आपसमा भिडेका थिए । त्यो खेलमा भारतले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको थियो ।
यसैगरी, सन् २००० मा आयोजित विश्वकपमा भारत र दक्षिण अफ्रिका दोस्रोपटक आपसमा भिडेका थिए । समूहगत चरणको उक्त खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले पराजित गरेको थियो । यसैगरी, २००५ को विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच आपसमा भिडन्त भएको थियो । त्यो खेलमा पनि भारतले दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो ।
सन् २००९ र सन् २०१३ को विश्वकपमा भने यी दुई टोलीबीच आपसमा भिडन्त भएन । सन् २०१७ मा आयोजित विश्वकपको समूहगत चरणमा भने दक्षिण अफ्रिकाले भारतलाई एक सय १५ रनको विशाल अन्तरले हराएको थियो । महिला एक दिवसीय विश्वकपको इतिहासमा भारतमाथि दक्षिण अफ्रिकाको त्यो पहिलो जीत थियो ।
यसैगरी, सन् २०२२ मा आयोजित विश्वकपको समूहगत चरणमा पनि यी दुई टोली आपसमा भिडेका थिए । त्यो खेलमा पनि दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको थियो । त्यसपछि सन् २०२५ को विश्वकपको समूहगत चरणमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको छ ।
महिला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका र भारतबीच हालसम्म कुल ३४ खेल खेलिएको छ । त्यसमा दक्षिण अफ्रिकाभन्दा भारत बलियो देखिन्छ ।
भारतीय महिला टोली २० खेलमा दक्षिण अफ्रिकी महिला टोलीलाई हराएको छ । १३ खेलमा भने दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




