विघटनको संघारमा नेकपा एस
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा एस विघटनको सँघारमा पुगेको छ । नेकपा एससँगै माओवादी केन्द्रमा पनि एकता प्रक्रिया नै स्थगनको माग गरिएको छ ।
नेकपा एमालेबाट चार वर्षअघि विद्रोह गरेर नेकपा एस पार्टी स्थापना भएको थियो । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गर्नुभएको छ ।
एमालेसँगको विद्रोहमा निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढीको हस्ताक्षरसहित आफ्नो आवेदनको पुष्टि गर्दा २ भदौ २०७८ मा नेकपा एसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो । तीन दिनसम्म चलेको नेकपा एस केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र सँग एकता गर्ने निर्णय विवादमा परेको छ । माओवादीले पनि सहजै एकता स्विकारेको छैन । नेकपा एसका जिल्लादेखि केन्द्रीय नेता एमालेमा प्रवेश गरिरहेका छन् ।
शुक्रबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पक्षधरले बहुमतका आधारमा केन्द्रीय कमिटीमार्फत माओवादीसँग एकताको निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै शनिबार काठमाडौँ सुकेधारामा भेला आयोजना गरेको हो । सो भेलाको उद्देश्य नै एकता नगर्ने र नेकपा (एस)कै पुनर्संरचना गर्नेमा केन्द्रित थियो । यसले नेकपा एस विभाजनको सँघारमा पुगेको स्पष्ट देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा आफू एमालेमा नफर्किने स्पष्ट पार्नुभएको थियो ।
शनिबारको भेलाको नेतृत्वकर्ता नेकपा एसका महासचिव घनश्याम भुसालले एक दलसँग भन्दा पनि वैकल्पिक वामपन्थी एकता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । कुनै दलसँगको एकता नमान्ने र नेकपा एसकै निरन्तरताका बारेमा छलफल सुरु गरिएको दाबी उहाँले गर्नुभयो । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा नेकपा ९एस० का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडि बढाएर बलियो कम्युनिस्ट शक्ति बनाउने अभियानमा रहेको दाबी गर्नुहुन्छ । उहाँले केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको र पार्टी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।
ताजा अपडेट
-
१.
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
-
२.
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
-
३.
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
-
४.
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
-
५.
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...




