अर्थ

राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन सुरु गर्यो

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा तत्काल कर्जा प्रवाहको अवस्था कम देखिएकाले नेपाल राष्ट्र बैंकले लामो अवधिका लागि निक्षेप संकलन सुरु गरेको छ। पछिल्ला दिनमा बजारमा कर्जाको माग कम देखिँदा बैंकहरुमा लगानीयोग्य रकम बढेको छ।

राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ दीर्घकालीन निक्षेप संकलन गर्ने तयारी गरेको छ। गत बुधबार पनि १७५ दिन अवधिको उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाइएको थियो। यसरी निक्षेप संकलनले बैंकिङ प्रणालीमा अतिरिक्त तरलता व्यवस्थापन गर्न मद्दत पुर्‍याउने राष्ट्र बैंकको भनाइ छ।

निक्षेप संकलनको बोलकबोल प्रक्रिया अनलाइन हुनेछ र ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाहरू ‘क’, ‘ख’ र ‘ग’ वर्गका मात्र हुन्।

केन्द्रिय बैंकले वित्तीय प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि यस्ता दीर्घकालीन निक्षेप उपकरण र स्थायी निक्षेप सुविधा नियमित प्रयोग गर्दै आएको छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...