नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान
नागढुंगा। सिस्नेखोला सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि सेवा प्रदायक चयन गर्न अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिएको छ। बोलपत्र बुझाउने अन्तिम मिति २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ।
सुरुङ मार्ग हाल सवारी चलाउन सकिने अवस्थामा भए तापनि दक्ष जनशक्ति र सुरक्षाका कारण सञ्चालन हुन सकेको छैन। आयोजनाका अनुसार, अत्याधुनिक प्रणाली भएको सुरुङको सञ्चालन र मर्मतका लागि विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिँदैछ।
छनोट गरिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मर्मत गर्नेछ। यस अवधिमा विदेशी विज्ञहरूमार्फत नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने भएकाले भविष्यमा अन्य सुरुङ र फास्ट ट्रयाक जस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




